Logo

गोर्खाल्याण्ड आन्दोलन चर्किंदै पाँच हजार बिध्यार्थीले दार्जिलिङ छाडे

सार ११, २०७४ –  दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालको लागि बिध्यालय वन्द भए लगत्तै  करिव ५ हजार बिध्यार्थीले दार्जिलिङ छाडिसकेको बताईएको छ ।  केही बिध्यार्थीहरु अहिले पनि फर्किरहेका छन् । आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त वनेको छ ।  

  भारतीय संचार माध्यमहरुका अनुसार वन्द हड्ताल र हिंसात्मक आन्दोलनका कारण देश विदेशका बिध्यार्थीहरुको दार्जिलिङ छाड्ने क्रम जारी छ । भारतीय अखवार दैनिक जागरणले हिंसात्मक आन्दोलन भएपछि त्यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाईल्याण्डका बिध्यार्थीहरु घर फर्किन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्