Logo

कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट

सार ११, २०७४ दमक झापा – अज्ञात समूहले शनिबार राति मोरङको उर्लाबारी नगरपालिकाका नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार खड्ग फागोको घरमा बम विष्फोट गराएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार फागोको घरमा राति साढे २ बजेतिर बम विष्फोट भएको हो। विष्फोटबाट ठूलो क्षति भने हुन नपाएको उनले बताए। प्रहरी निरीक्षक थापाले चुनावमा बहिष्कार गर्ने बहिष्कारवादी समूहले उम्मेदवार फागोको घरमा बम विष्फोट गराएको हुन सक्ने बताए।

    बम विष्फोट गराउनेको खोजी कार्य भइरहेको समेत  उनले बताए। उनले भने,‘ यो चुनाव विरोधी गतिबिधिमा संलग्नले जनतालाई तर्साउन गरेको हुन सक्छ, हामी अनुसन्धान गरी रहेका छौँ, बम विष्फोट गराउन संलग्नलाई खोजी गरिरहेका छौं।’ उम्मेदवार फागोले बम विष्फोट गराउने जोकोही भए पनि तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरे। उनले विष्फोटबाट आफ्नो चुनावी कार्यक्रमलाई कुनै असर नगर्ने समेत दाबी गरे। यद्यपी उनले यस्ता घटनाले सर्वसाधारणलाई आतंकीत पार्ने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन माग गरे। नेपाली कांग्रेसले आज उर्लाबारीमा चुनावी आम सभाको गर्दैछ।

प्रतिक्रिया दिनुहोस्