Logo

एनआरएन अस्ट्रेलियाको नेतृत्वका लागि ४ जनाको उम्मेदवारी दर्ता

सार ८, २०७४- दुईवर्षे कार्यकालका लागि हुन लागेको प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाको नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय समितिमा ३ दर्जन बढीले उम्मेदवारी दिएको भए पनि महिला सहभागिता भने शून्य बराबर छ । एनआरएन अस्ट्रेलियाको निर्वाचन यही जुलाई ८ तारिखमा हुँदैछ । 

  निर्वाचनले केन्द्रीय समितिका साथै विभिन्न ८ राज्यहरूमा अलगअलग समितिसमेत चयन गर्नेछ । अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजकमा महिला उम्मेदवारी परेका छैनन् भने उपाध्यक्षका लागि जम्मा एक महिलाले उम्मेदवारी दर्ता गराएकी छन् । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अभिमानसिंह बस्नेत, महासचिव टोनु घोताने, स्वतन्त्रप्रताप शाह र महेश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले उपलब्ध गराएको जानकारीअनुसार अस्ट्रेलियाका आठवटै राज्यमा रहेका समितिहरूको नेतृत्वका लागि समेत उम्मेद्धवारी दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्