Logo

चकलेट चोरेको आरोपमा निकालिए अमेरिकी गुप्तचर निकायका कर्मचारी

स्तावेज संवाददाता,असार ९, २०७४ काठमाडौं – अमेरिकी गुप्तचर निकाय सीआईएले भेन्डिङ मेशिनबाट चकलेट चोरेको आरोपमा आफ्ना केही कर्मचारीलाई निकालेको भन्दा जो कोहिलाई पत्याउन गार्हो पर्छ तर अमेरिकी गुप्तचर निकायले  सार्वजनिक गरेको गोप्य दस्तावेजमा यसको उल्लेख गरिएको छ । 

उक्त दस्तावेजअनुसार सीआईएका केही कर्मचारीले कार्यालय परिसरमा राखिएको भेन्डिङ मेशिनबाट पटक पटक पैसा नतिरी चकलेट लिने गरेका थिए । उनीहरुले भेन्डिङ मेशिनसँग जोडिएको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम फ्रिडम पेको केबल थुतेर पैसा नभएको कार्ड प्रयोग गरी चलकेट लिने गरेका थिए । 

 यसबारे सीआईएले अनुसन्धान गरेको र अनुसन्धानको क्रममा भेन्डिङ मेशिन भएको स्थानमा सीसीटिभी क्यामेरा राखिएको दस्तावेजमा उल्लेख छ । सीसीटीभीमा देखिएको फुटेजको आधारमा केही कर्मचारीलाई निश्कासित गरिएको दस्तावेजमा उल्लेख छ ।सन् २०१२ देखि मार्च २०१३ सम्ममा उनीहरुले ३३ सय ४० डलर बराबरको चकलेट पटक पटक गरी पैसा नतिरी खाएको रिपोर्टमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस्