Logo

कैलालीमा माओवादीका नगरप्रमुख उम्मेदवारको घरमा बम विस्फोट

स्तावेज संवाददाता,असार ९, २०७४,कैलाली – कैलालीको गोदावरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोकर्ण भट्टको घरमा गएराति बम विस्फोट भएको छ। राति करिब २ बजेतिर अपरिचित समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विस्फोटबाट घरमा सामान्य क्षति पुगेको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट नगरपालिका प्रमुख पदका उम्मेदवार भट्टले आफूले चुनाव जित्ने निश्चित भएपछि आक्रोशित भएर बम विस्फोट गराएको आरोप लगाएका छन्। भट्ट माओवादी केन्द्रका नेता लेखराज भट्टका भाइ हुन्। प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्