Logo

महानगरपालिकाकोअभियान, स्मार्ट सिटीका जनप्रतिनिधिलाई स्मार्ट फोन

स्तावेज संवाददाता,असार ९, २०७४ काठमाडौं – काठमाडौं महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका नवनिर्वाचित प्रमुख बिध्यासुन्दर शाक्यले महानगरपालिकाको बजेटबाट आफ्नै सुविधा र फाइदाका लागि लाखौं रुपैयाँसम्मको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको खवर प्राप्त भएको  छ। गत ६ असारमा बसेको महानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि कम्तीमा ३० हजार रुपैयाँदेखि लाखौं रुपैयासम्म पर्ने मोबाइल फोन खरिद गर्ने निर्णय गरेको हो।

       गत १७ जेठमा पदभार ग्रहण गरेका नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्वाचनताका आफूले जनाएका प्रतिबद्धता र घोषणापत्र विपरीत व्यक्तिगत सुविधाका लागि करोडौं रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेका छन्। नगर कार्यपालिका बैठकको निर्णय नम्बर ३ (ख) मा प्रमुख र उपप्रमुखका लागि मोबाइल फोन खरिद गर्ने र मोबाइल रिजार्च खर्च बिल अनुसार भुक्तानी दिइनेछ।  निर्णयअनुसार प्रमुख र उपप्रमुखले रोजेअनुसारको ‘स्मार्ट मोबाइल फोन’ खरिद गर्न सक्नेछन्। नगर कार्यपालिकाका सदस्यहरूका लागि भने ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट खरिद गर्ने निर्णय गरिएको छ भने उनीहरूका लागि मासिक २ हजार ५ सय रुपैयाँ मोबाइल रिचार्ज खर्च दिइनेछ। नगर कार्यपालिकाको दोस्रो बैठक लगत्तै सोही दिन आयोजित पत्रकार सम्मेलनमा महानगरपालिका प्रमुख शाक्यले ८ बुँदे निर्णय गरिएको भन्दै निर्णयपत्र बाँडेका थिए।

      निर्णयपत्रमा चालू आर्थिक वर्ष (आगामी असार मसान्त) सम्मका लागि जन प्रतिनिधिहरूको तलब र भत्ताबापत ३५ लाख रुपैयाँ खर्च गर्ने उल्लेख थियो। तर हाल नगर कार्यपालिकाको दोस्रो बैठकले जन प्रतिनिधिहरूका लागि ३५ लाख रुपैयाँ बाहेक अन्य शीर्षकमा लाखौं रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेको खुलेको हो। बैठकले प्रमुख र उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ बैठक भत्तासमेत दिने निर्णय गरेको छ। नगर कार्यपालिका सदस्य, वडा सदस्य र आमन्त्रित सहभागीहरूलाई भने जनही १ हजार रुपैयाँ बैठक भत्ता दिने निर्णय गरेको छ। 

प्रतिक्रिया दिनुहोस्