Logo

प्रदेश नम्बर २ को चुनाव असोज २ मा गर्ने सरकारबिच सहमति

स्तावेज संवाददाता असार १, २०७४,काठमाण्डौं – सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालले बिहीबार प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल गरेका छन् । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले असोज २ मा प्रदेश नम्बर २ को चुनाव गर्ने निर्णग गरेको हो । बिहीबार नै दिउँसो बसेकाे सत्तारुढ दल र मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीका नेताहरु बीच भएको बैठकमा प्रदेश नम्बर २ को चुनाव असार १४ गतेबाट पछि सार्ने सहमति भएको थियो । 

    राजपासँगको बैठकपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तहरूसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्रीले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने सहमति भएको जानकारी गराएका थिए। तथापी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने सरकारको उक्त निर्णयमा असहमति जनाएका छन् । बैठकपछि प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनाव सार्ने विषयमा आफूहरूको कुनै प्रतिक्रिया नरहेको बताए ।  आयोगले असार १४ गते नै चुनाव गर्न तयार रहेको उल्लेख गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित मन्त्रीहरुसँगको छलफलबाट बाहिरिंदै प्रमुख निर्वाचन आयुक्तले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले आयोगसँग परामर्श नगरी २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सार्ने प्रस्ताव गरेकोमा यसमा आयोगको सहमति नभएको बताएका हुन् । 

 ‘बाँकी सबै प्रदेशमा असोज १४ गते नै निर्वाचन गर्त हामी तयार छौं’, प्रमुख आयुक्त यादवले भने,‘असोज २ मा सार्ने निर्णयमा हाम्रो सहमति छैन ।’त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागी हुने परिस्थिति बनेकाले उम्मेदवारी मनोनयनको मिति दुई दिन पछि सार्न आयोगलाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीज्यूले राजपा पनि पहिलो पटक निर्वाचनमा सहभागी हुने परिस्थिति बनेको छ, त्यसैले मनोनयन मनोनयन सार्न आग्रह गर्नुभयो’उनले भने ‘हामीले क्याबिनेबाट फर्मल (औपचारिक) जानकारी आएपछि मात्र निर्णय लिन्छौं भनेका छौं।’

   सरकारले आज बिहान राजपासँग भएको बैठकमा प्रदेश २ को निर्वाचन असोज २ गते गर्ने सहमति गरेको थियो । असार १४ गतेको निर्वाचनको लागि भोलि शुक्रबारदेखि मनोनयन दर्ताको कार्यतालिका बनाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस्