Logo

मालपोत कार्यालयका प्रमुख ३० हजार रुपैयाँ घुस सहित पक्राउ

सार १ गते ,२०७४,सुर्खेत – सुर्खेत जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद आचार्य बिहीबार ३० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। जग्गा रोक्का र पास गर्दा सेवाग्राहीबाट घुस लिदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उनलाई बिहीबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले आचार्यमाथि अनुसन्धान भइरहेको जानकारी दिएको छ। सेवाग्राहीले आफूसँग मालपोतका कर्मचारीले घुस मागेको सूचना दिए पश्चात अख्तियारको टोली मालपोत कार्यालयमा पुगी छापा मारेको थियो। चेकजाचका क्रममा आचार्यलाई ३० हजार नगद सहित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्