Logo

गर्मीमा अपनाउनुस् यि टिप्सहरु

 गर्मीमा पसिना बढी आउँछ । त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ । पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ ।
 

* पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन् । पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ । 

* गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ । ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ । 

* गर्मीमा चिसो पानी बेस्कन खाने गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ ।

 * गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ । यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ । 

* यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ । 

* गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ । यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन । साथै, शरीरलाई गर्मी पनि गर्दैन ।

 *गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । यसो गर्दा वजन बढ्दैन । साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन् ।

 * व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ । यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ । 

* रातको खाना खाएपछि १५–२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ । जाडोमा भन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ । 

प्रकाशित मिती २०७४ जेष्ठ ३१गते बुधबार 

प्रतिक्रिया दिनुहोस्