Logo

रेलको ठक्करबाट तीन नेपालीको मृत्यु

 जेष्ठ३१, २०७४ विराटनगर – भारतको जोगबनीदेखि दुई किलोमिटर पूर्वमा रेलले ठक्कर दिदाँ तीनजना नेपालीको घटनास्थलमै  मृत्यु भएको छ। जोगबनीबाट कटियारतर्फ गइरहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना नेपालीको मृत्यु भएको हो। उनीहरुको मंगलबार राती मृत्यु भएको सीमा प्रहरी कार्यालय रानी जोगबनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए।

        नेपाली युवा सवार ५५४२ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा राती ८ बजेको समयमा कटियार गइ रहेको रेलले ठक्कर दिदाँ मुत्य भएको हो। घटनामा परी मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र धनुषा मडारीका २६ वर्षीय विनोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको शव बुधबार बिहानमात्र सनाखत भएको प्रहरीले जनाएको छ। भारत अररियास्थित अस्पतालमा पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइने सई चौधरीले जानकारी दिए। प्रहरीका अनुसार रेल आई रहेपनि कटि हालिन्छ भनेर हेलचेक्र्याईं गरेर मोटरसाइकल कटाउन खोज्दा घटना घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्