Logo

व्यापारी अपहरणको विरोधमा तुलसीपुर बजार बन्द

स्तावेज संवाददाता जेष्ठ २९, २०७४ दाङ  –  अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको अवस्था सार्वजनिक गर्न माग गर्दै तुलसीपुरका व्यवसायीहरुले बजार बन्द गराएका छन्। श्रेष्ठको अवस्था सार्वजनिक गर्न दबाब दिँदै प्रजातान्त्रिक उध्योग बाणिज्य संघले सोमबार विहान ११ वजेसम्म तुलसीपुरको व्यापार व्यवसाय, उध्योग कलकारखाना बन्द गराएको हो। नेपाली कांग्रेसमा आवद्ध तुलसीपुरका व्यापारी श्रेष्ठको खोजीमा तदारुकता दिई अवस्था सार्वजनिक गर्न दबाब स्वरुप सोमबार ११ वजेसम्म तुलसीपुरको व्यापार व्यवसाय बन्द गरिएको प्रजातान्त्रिक व्यापार संघका अध्यक्ष जनक खरालले बताए।

  विहान ७ बजे व्यवसायीहरुले तुलसीपुरमा मौन जुलुस निकालेका थिए । उक्त र्‍यालीले तुलसीपुर बजार परिक्रमा पछि कोणसभा गर्दै अबको २ दिनभित्र श्रेष्ठको अवस्था सार्वजनिक नगरे अझै कडा अन्दोलमा उत्रिने अध्यक्ष खरालले बताए । श्रेष्ठको अपहरणपछि तुलसीपुरका ब्यापारीहरु त्रसित भएका छन्। व्यापारी अपहरण हुँदा पनि खोजी र सुरक्षाका लागि गम्भीर भएर नलाग्ने हो भने श्रेष्ठ पछि अब कसको पालो हो भन्ने स्थिति आएको खराल बताउँछन्। यसअघि तुलसीपुरकै व्यापारी रत्न वली बेपत्ता भएर मृत अवस्थामा भेटिएका थिए। 

प्रतिक्रिया दिनुहोस्