Logo

विप्लवका २० कार्यकर्ता रिहा

जेष्ठ २६, २०७४ रुकुम -चुनाव विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले पक्राउ गरेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका नेता कार्यकर्ता रिहा भएका छन्। विभिन्‍न चरणमा पार्टी जिल्ला सेक्रेटरी चन्द्र बुढासहित २० जना नेता कार्यकर्ता रिहा भएका हुन्। उनीहरुलाई ३८ दिनपछि तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजालीले जानकारी दिए। उनका अनुसार दोस्रो चरणको चुनाव बिथोल्ने अभियानमा उनीहरु संलग्‍न भए फेरी पनि पक्राउ पर्नेछन्। रिहा भएपछि पनि नेकपाका नेता कार्यकर्ताहरुले बजारमा चुनाव विरोधी नारा लगाउँदै हिंडेका थिए।  

प्रतिक्रिया दिनुहोस्