Logo

शेरबहादुर देउवाबाट तीनजना उपप्रधानसहित सात मन्त्री नियुक्त, राष्ट्रपति समक्ष लिए शपथ

जेष्ठ २४, २०७४,काठमाण्डौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित सातजना मन्त्री  मन्त्रिमण्डल विस्तार गरेका छन् ।  उप प्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा छन् । उनीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति बिध्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

       नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कांग्रेस नेता श्रेष्ठले शिक्षा र मा‌ओवादी केन्द्रका नेता महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन् । महरा यसअघिको सरकारमा उपप्रधान एव‌ं अर्थमन्त्री थिए । ज्ञानेन्द्रबहादुर कार्की अर्थ, फर्मुल्लाह मन्सुर श्रम, जर्नादन शर्मा गृह, प्रभु साह विना विभागीय मन्त्रीको रुपमा सरकारमा सहभागी गराइएका छन्।प्रचण्ड नेतृत्वको सरकारमा रहेका तीन जना देउवा सरकारमा पनि परेका छन् । यसरी दोहोरिनेमा विजय गच्छदार, कृष्णबहादुर महरा र जनार्दन शर्मा छन् । महरा र शर्माको मन्त्रालय परिवर्तन गरिएको छ भने गच्छदारले यसअघि सम्हाल्दै आएको मन्त्रालयकै जिम्मेवारी पाएका छन्।        सरकारमा सहभागी भएकामध्ये काँगेस र माओवादी केन्द्रका तीन/तीन जना र नेपाल लोकतान्त्रिक फोरमका एक जना छन्।सत्ता गठवन्धनबीच भएको भनिएको सहमति अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी र साना पार्टीहरुका लागि मन्त्रालय छुट्याइएको भनिए पनि आजको मन्त्री सूचीमा ती दलबाट कोही परेका छैनन्।यसैबीच, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् भने माओवादी केन्द्रका जनार्दन शर्मा गृहमन्त्री बनेका छन् ।

र्मा यसअघि मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उर्जामन्त्री थिए ।कांग्रेसका अर्का नेता फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाए भने माओवादी नेता प्रभु साह बिना विभागीय मन्त्री बनेका छन् । ती मन्त्रीहरुले आजै राष्ट्रपतिसमक्ष शपथ लिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा म‌ंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि नयाँ मन्त्रीमण्डल गठन गरिएको हो ।  पहिलो चरणमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट १ जना मन्त्री भएका छन् । 

प्रतिक्रिया दिनुहोस्