Logo

इरानको संसदमा आक्रमण

रानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा सशस्त्र मानिसले गोली चलाएपछि कैयौं हताहत भएका छन्।संसद भवनभित्रको एउटा रिकर्डिङमा चर्को गोली हानाहानको आवाज सुनिएको छ र एकजना सुरक्षा गार्डको मृत्यु भएको बताइएको छ।

  आधुनिक इरानका संस्थापक खोमेनीको समाधिस्थलमा थुप्रैजना घाइते भएका छन् । एकजना आत्माघाती आक्रमणकारी र दुई,तीन जना अरु बन्दुकधारीले आक्रमण गरेको बताइएको छ।इरानको संसदमा आक्रमण जारी रहेको पनि विवरण प्राप्त भएको छ।थुप्रै किलोमिटर टाढा रहेका ती दुई स्थलमाथि एकै समयमा आक्रमण गर्ने योजना रहेजस्तो देखिएको छ। 

     बीबीसी

प्रतिक्रिया दिनुहोस्