Logo

कार्यकालमा इस्लामिक स्टेटले लियो लण्डन आक्रमणको जिम्मेवारी, दुवै पाकिस्तानी आतंकवादि आरोपीको पहिचान

ब्रिटिस प्रहरीले लण्डन ब्रिज क्षेत्रमा शनिबार राति हुन गएको आतंककारी हमलामा संलग्न आतंककारी तीन पुरुषमध्ये  दुईजनाको नाम सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनीहरु २७ वर्षीय खुराम बट र ३० वर्षीय रसीद रेदवान हुन् । तेस्रो हमलाकारीको नाम अझै सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार पाकिस्तानमा जन्मिएका ब्रिटिश नागरिक खुरामको कम्तीमा एक सन्तान भएको ठानिएको छ।उनले इस्लामवादी उग्रवादबारेको एउटा टेलिभिजन डकुमेन्ट्रीमा भाग लिएका थिए र प्रहरीलाई उनको बारेमा थाहा थियो।    दुईजना व्यक्तिले उनको बारेमा अधिकारीहरुलाई सूचित गरेको बताएका छन् । रसीद मोरक्को र लिबियाली मूलको भएको ठानिएको छ । खुरम बटले इस्लामवादी उग्रवाद बारेको एउटा टेलिभिजन डकुमेन्टरीमा भाग लिएका थिए र प्रहरीलाई उनको बारेमा थाहा थियो । ती दुवै पूर्वी लण्डनस्थित बार्किङमा बसोबास गर्दथे।लण्डन ब्रिजमा शनिबार राति तीनजना पुरुषले पैदल यात्रुहरुमाथि एउटा भ्यान लगेर ठोक्काएका थिए।

     त्यसपछि उनीहरुले नजिकैको ‘बरो मार्केट’ का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो।घटनामा कम्तीमा ५० जना घाइते भएका छन्।तीमध्ये केहीकेा स्थिति गम्भीर रहेको बताइएको छ।तथाकथित इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ। लण्डन आक्रमणपछि आतंकवादीहरुले एक एक गरि विभिन्न देशहरुमा आफ्नो निशाना बनाईरहेका छन् । त्यसको लगत्तै उनिहरुले म्यानचेस्टरमा आक्रमण गरेका थिए । लण्डन आक्रमणको दुई दिनपछि ब्रिटेनमा चुनावी अभियान फेरि शुरु गरिएको छ।

      चुनावी अभियानका क्रममा मुख्य दलका प्रमुख नेताहरुबीच मतभेद भएको छ । प्रधानमन्त्री टरिजा मेले प्रहरी अधिकारीको संख्या घटाएको मूल्य बिहीबारको चुनावमा चुकाउनुपर्ने विपक्षी नेता जेरेमी कोर्बिनले बताएपछि प्रति आतंकवाद र प्रहरीका विषयमा आफूले विगतमा गरेका निर्णयको बचाउ गर्न मे बाध्य भएकी छिन् । प्रधानमन्त्री मे गृहमन्त्री रहँदा प्रहरीको संख्या १९ हजारले घटाइएको भन्दै कोर्बिनले लण्डन ब्रिज घटनापछि उनको राजीनामा माग्ने मानिससँग आफू सहमत भएको बताए।तर बिहीबार मतदाताहरुले त्यस विषयमा सबैभन्दा राम्रो तरिकाले निर्णय गर्ने पनि उनले बताए ।

     प्रधानमन्त्री मे ले भने आफूले प्रतिआतंकवादी प्रहरीको संख्या नघटाएको बताएकी छन्।गोली हानेर मार्ने अधिकार प्रहरीलाई दिने कुराको लेबर दलका नेता कोर्बिनले विरोध गरेको उनले आरोप लगाइन् । चुनाव हुन ७२ घण्टाभन्दा कम समय बाँकी हुँदा पार्टी नेताहरु चुनावी अभियानमा फर्किएका हुन्।लण्डन ब्रिजको आक्रमणपछि चुनावी अभियान केही समयका लागि स्थगित गरिएको थियो।

      बिहीबार हुन लागेको चुनावमा सुरक्षाको विषय सबैभन्दा महत्वपूर्ण हुने अनुमान गरिएको छ । टरीजा मे ले सत्तासीन रहेमा कसरी उग्रवादको सामना गर्ने भन्ने प्रश्नको मात्रै नभएर विगतमा टोरी पार्टीले प्रहरीलाई रकम घटाएको विषयमा आलोचनाको पनि सामना गर्नुपर्ने छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले सरकारले सस्तोमा जनताको सुरक्षा गर्न नसक्ने भन्दै त्यस्ता निर्णयहरु उल्ट्याउने वाचा गरेका छन् । शनिबार प्रधानमन्त्री मे ले उग्रवादको सामना गर्नका लागि इन्टरनेट लगायतका मञ्चमा नयाँ कदमहरु चाल्न आह्वान गरेकी थिइन् । 

 

 

प्रतिक्रिया दिनुहोस्