Logo

अफेयरको आडमा ब्ल्याकमेलिङ ,उत्पीडन एबं शोषण

फेयर त आजको दिनमा अति साधारण बिषय हो तर कहिलेकाँही यसले हाम्रो जीन्दगीमा ठुलो बिकृतिको जन्म दिन्छ ।  आजका शिक्षीत युवा पिंडीले पनि यसलाई ध्यान दिंदैनन् फलस्वरूप समस्यामा पर्दछन् यसैको एक रुप हो ब्ल्याकमेलिङ ,मानसिक उत्पीडन या भनौं कुनैपनि तरिकाबाट गरिने मानसिक शोषण ।

     यो समस्याबाट स्त्री पुरुष समान रुपमा ग्रस्त छन् , बिगतका केहि भुलका कारण बर्तमान को सुखलाइ आँसुमा डुवाएर काटिरहेका छन् । जिन्दगीको भागदौड को क्रममा कुनै दिन यस्ता ब्यक्तिको संगतमा परिन्छ कि जहाँबाट सहजै निक्लन गाह्रो हुन्छ । ब्ल्याक मेंलर देख्नमा अर्कै ग्रहका मानब जस्ता हुँदैनन् । हाम्रै बीचमा बस्ने हाम्रो कमि/कमजोरीलाइ राम्रोसँग जान्नेहरु नै हुन् । उनिहरु हाम्रो कमजोरीलाइ मापेर निजि फाइदा उठाउने चेष्ठामा हमेशा लागिरहेका हुन्छन् र आफ्नो मनसायमा कामयाब पाएपछि आफ्नो इशारा मा नचाउनु नै यस्ता ब्यक्तिहरुको प्रमुख उद्देश्य रहेको हुन्छ  ।

यस्ता ब्यक्तिहरुको अपराधिक प्रवृति को कारण आज धेरैको जिन्दगी तहस/नहस भएको हामि पाउछौं  । आफ्नो फाईदाको निम्ति पीडितबाट गलत कार्य गराउनुलाइ नै ब्ल्याकमेलिङ भनिन्छ  । यस्ता ब्यक्तिलाइ सिधै पहिचान गर्न मुस्किल हुन्छ यिनीहरु समाजमा राम्रो देखिने कोशिस गर्दछन त्यसैले बिस्वास जित्न सजिलै सफल हुन्छन् ।

कुनै ब्यक्तिहरु यस्ता पनि हुन्छन कि जो लालचमा ब्ल्याकमेलिङ गर्दैनन् ,आफ्नो उद्देश्यमा असफलता को कारण ले क्षुब्ध भएर पनि यस्ता कार्यहरु गर्न पुग्दछन्  । थाहा छ कि पछि उनीहरुलाइ स्वयं पश्चाताप या सजायँ काट्नु पर्दछ । फेरी पनि बदला को भावले क्रोध या कुनै आवेशमा आएर अरुलाई पिडा दिन्छन  । यस्ता समस्याको कुनै हल छैन किनकि कुनै अन्य ब्यक्तिमाथि स्वयंको जोर चल्दैन तर  यस्ता आपराधिक तत्वबाट बच्नको निम्ति निम्न साबधानी  अपनाउन सकिन्छ ।

१. युवा/युवती को बीच चल्ने प्रेम पत्र या म्यासेजमा मर्यादित भाषाको प्रयोग गर्नुपर्छ, कुनै पनि आपसी गोपनियता भङ्ग हुने खालका शब्दहरुबाट बच्नुपर्दछ । यस्ता खालका सामग्री नै ब्ल्याकमेलिङ का मुख्य साधन हुन्  ।

२. कहिलै पनि कसैले मरिहत्ये गरे भन्दैमा पत्र या सन्देश लेख्नु हुँदैन अथवा कुनै पनि साधा पेपर मा आफ्नो हस्ताक्षर गर्नु हुँदैन ।

बिशेष गरेर युवाहरु आफूसँग  भएको पत्र नष्ट गर्दैनन् सम्हालेर राख्ने बानि हुन्छ । तर आफूले पठाएको पत्रलाइ कुनैपनि तवरले नष्ट गराउन बाध्य गराउदछन र पछी ति सामग्री हरु देखाएर श्रीमतीको शेषी झार्ने या फेरी आफ्नो मतलब पुरा गर्न को निम्ति प्रेमीकासंग दवाव बनाउन मा प्रयोग गर्दछन्।

३. अफेयर मा कहिलै पनि साथ / साथ फोटो खिचाउनु हुँदैन ,फोटो केटिले राख्न त सक्दिनन् तर केटाहरुले राख्ने गर्दछन जो पछी खतरनाक साबित हुनपनि सक्छ ।

४. कहिलै पनि एकान्तमा मिल्ने ,बाहिर जाने जस्ता खतरा उठाउनु हुँदैन र घर मा कोइ नभएको बेलामा उसलाई बोलाउनु हुँदैन ,हमेशा कुनै साथि सँगीको साथमा या कुनै सार्बजनिक ठाउँमा नै भेट्ने कोशिस गर्नुपर्दछ ।

याद राखौं यस्ता आचरणहरुबाट समाजमा सम्मान मिल्दछ र भविष्य पनि सुखमय हुन्छ   ।

युवा अवस्थामा प्रेम या रोमान्स को चक्करमा परेर भविष्यलाई  तिखा काँडाको झ्यांगमाथि सुताउनु बुद्दिमता होइन  ।

समाजमा अनेक प्रकारका असामाजिक तत्वहरु जो हमेशा मौकाको ताकमा हुन्छन्  । सहि समयमा यस्ता ब्यक्तिहरुलाइ पहिचान गरि कानुनि फन्दामा ल्याएर समाजबाट तिरस्कृत गर्नु अत्यन्त जरुरी छ  । अन्यथा चुप लागेर बस्ने हो भने ज्यादा नोक्सान उठाउनुपर्ने हुन्छ  ।

      धेरैजसो केशमा आफन्ती या परिवारलाइ थाहा हुने डर मा चुप चाप ब्ल्याकमेलिङ सहि रहने गर्दछन तर यस्ता कुराहरु लुक्दैनन ,एकदिन त पापको भाँडो फुट्ने नै हो जो समाज मा छरप्रष्ट भइहाल्छ यो कुरा ख्याल राखेर घटना को जानकारी पीडितले आफ्ना अभिभाबक या मिल्ने साथिलाइ दिनुपर्दछ  । ध्यान राख्नुस् यदि तपाईँलाइ कसैले ब्ल्याकमेलिङ गर्न खोज्दैछ भने निम्न कुराहरु अपनाउनुस् ।

१. तत्काल आफ्नो समस्या को जानकारी कुनै बिश्वसनिय या जिम्मेवार ब्यक्तिलाई दिने  ।

२. बदनामी को डरले कानुनी मद्दत लिनबाट संकोच नलिने किनकि त्यस्ता ब्यक्तिलाई कानुनी  दण्ड को प्रावधान छ ।

३. ध्यान राख्नुस् तपाईँलाई नोक्सान हुन भन्दा पहिलै उसको नियतको भेद पाएपछि कानुन को सहारा लिन ढिला नगर्नुस्  ।

४. आफूसँग बितेका कुरा आफ्नासँग अवश्य राख्नुपर्छ सहि कुरा बुझेपछि उनिहरुबाट ठुलो सपोर्ट हुनेछ  ।

५. गलत ब्यक्तिलाइ सहि समय मा प्रतिकार गर्न आवश्यक छ ,यो कुरा समय मै ख्याल राख्नु पर्दछ ,यदि कुनै ब्यक्ति तपाईँको अनावश्यक पछी पर्दैछ ,पत्र , सन्देश ,या फोन गरेर बार/बार धम्कि दिंदैछ भने समय मै सचेत भै घटना को जानकारी परिवार तथा नजिकैको प्रहरी चौकीमा दिनुपर्दछ ।

यस्ता खालका घटना जुन स्तरका ब्यक्तिहरुमाथि पनि घट्न सक्छन् बेलैमा होस पुगेन भने हत्या तथा आत्महत्या जस्तो भयावह पनि अगाडी नआउला भन्न सकिंदैन ।

कुनै ब्यक्तिहरु रिसले पनि अर्काको बनि बनाउ घरबार बिगार्ने कुटिल सोचमा यो सब गरिरहेका पनि हुन्छन् त्यसैले हमेशा सावधान रहनु पर्दछ ।

यो अवस्थामा पीडित परिवारले ध्यान राख्नुपर्ने केहि कुराहरु,

१. पीडितको कुराहरु धैर्य संग बिस्तारपूर्वक सुन्ने तथा पीडितलाइ सहानुभूति दिने ।

२. पीडित  माथि हमेशा निगरानी राख्ने कतै उबाट कुनै गलत कार्य नहोस् ।

३. ब्ल्याकमेलर को अगाडी कुनै पनि हालतमा नझुक्नु उसँग कडाले पेश आउनुपर्छ तपाईँको कडा स्वभावबाट उसको हिम्मत आफैं परास्त हुनसक्छ ।

४. परिवारको सुरक्षामा पुरा ध्यान दिनु ,पीडितलाइ एक्लो कहिले नछोडनुस् ।

५. पीडितलाइ त्यस जन्जालबाट ध्यान हटाएर सामान्य जीवनमा ल्याउने प्रयत्न गर्ने ।

६.पीडितलाइ सान्त्वना एवं प्यार को जरुरत पर्दछ ,जसबाट उसलाई लड्ने शक्ति मिल्दछ ।

यस्तो मुश्किलको घडीमा परिवार को यही अर्थ हुन्छ कि संयुक्त रुप मा ढाल बनेर बिपरित परिस्थितिबाट बचाउने , परिवारमा एकता ,सामन्ज्यस्य तथा एक अर्काको समस्यामा सम्मिलित भइ सबै कार्य मा योगदान दिनुबाट परिवारमा आफ्नोपनको डोरी बलियो बन्न जान्छ ।

जुन परिवार प्रतिकुल परिस्थिति झेल्नु पर्दापनि टुट्दैन त्यो एकताको तागत नै मजबुत अनि गहिरो हुन्छ , कुनैपनि संकटको आँधिले उखाल्न सक्दैन   । परिवारप्रति कसैको गिद्दे नजरपनि जान सक्दैन  ।

राजन गिरी
रुपा गाउँपालिका
कास्की
हाल, अफगानिस्तान

प्रतिक्रिया दिनुहोस्