Logo

अफगानिस्तानको राजधानी काबुलको शवयात्रामा बम विस्फोट

एजेन्सी,काबुल अफगानिस्तान,अफगानिस्तानमा गत शुक्रबार एउटा प्रदर्शनका क्रममा मारिएका मानिसको शवयात्रामा बम विस्फोट हुँदा कम्तीमा छ जना मारिएको अधिकारीहरुले बताएका छन्।सुरक्षा व्यवस्था कमजोर भइरहेको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने पाँच जना मध्ये एकको शवयात्रामा उक्त घटना भएको हो।

       बुधबार ९० जनाको ज्यान जाने गरी एउटा आक्रमण भएपछि त्यस्तो प्रदर्शन गरिएको थियो।सिनेटरका छोराको सो शवयात्रामा उपस्थित अफगानितानका प्रमुख कार्यकारी अधिकारी अब्दुल्लाह अब्दुल्लाह भने बाँचेका छन्।शवयात्रामा कम्तीमा तीन वटा बम विस्फोट भएको बताइएको छ।शनिबार काबुलका सेना प्रमुखले प्रदर्शनमाथि लडाकुले आक्रमण गर्न सक्ने भन्दै मानिसलाई प्रदर्शनबाट टाढै रहने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्