Logo

२०१७ को मिस नेपालको ताज निकिता चन्दकले पहिरिईन् – दीपशिखा शर्मा

जेष्ठ २१ काठमाण्डौं – सन् २०१७ को मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन्।

उनलाई सन् २०१६ कि पूर्वमिस नेपाल  अस्मी श्रेष्ठले आफ्नो शिरको ताज एकपटक चुमेर निकिताको शिरमा पहिर्‍याइदिकी थिईन्  । शीर्ष ताजसँगै चन्दकले मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि जितिन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल

विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । धेरै शुभेच्छुक र संचारमाध्यमहरुले उनमा देखिएको आत्मविश्वास नै पहिलो प्राथमिकता मानेका छन् । उर्लाबारी मोरङकी २० बर्षीया निकिताले प्रतियोगितामा परिचय राउन्डदेखि नै आत्मविश्वास झल्काएकी थिइन् ।

प्रतिस्पर्धी नम्बर १४ मा रहेकी ५ फिट ६ इन्च अग्ली निकिताले भारतको नोएडाबाट ब्याचलर्स इन कमर्स गरेकी छिन् । नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा पनि उत्तिकै अग्रसर छिन् । प्रमुख निर्णायक नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ७ जना फाइनल प्रतियोगीलाई ‘तपाईंको विचारमा एउटी नारीले देशको आर्थिक विकासमा कस्तो भूमिका खेल्न सक्छिन् ?’ सोधेका थिए ।

 जवाफ दिने क्रममा निकिताको आत्मविश्वास प्रशंसायोग्य थियो । उनले समाजसेवी अनुराधा कोइराला, उध्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत विभिन्न सक्षम र प्रतिभाशाली महिलाको उदाहरण पेश गर्दै अर्थतन्त्रमा महिलाको भूमिका अहम् हुने बताएकी थिइन् । उनले नेपालको कुल जनसंख्यामध्ये ५१ प्रतिशत रहेका महिला सबै शिक्षित र आर्थिक रूपले सबल हुन सके देशको विकास हुन समय नलाग्ने धारणा राखेकी थिइन् ।

जवाफको अन्तिममा उनले भनेकी थिइन्, ‘यद्धपी मुलुक विकासमा महिला र पुरुष दुवैको उत्तिकै भूमिका अनिवार्य रहन्छ ।’दरबार मार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछि पारेकी छन् । नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा उत्तिकै अग्रसर छिन् । भविष्यमा अभिनेत्री बन्ने लक्ष्य लिएकी निकिता सकारात्मक सोचका कारण जीवनमा सफलता प्राप्त हुने कुरामा विश्वस्त रहेकी छिन् ।

रोजिना श्रेष्ठ फस्ट रनर अप मिस नेपाल अर्थको उपाधि‍‍‍‍‍, नीति शाह मिस नेपाल सेकेन्ड रनर अपका साथै मिस बेस्ट कप्लेक्सनको उपाधि र सहारा बस्नेत मिस एसिया प्यासिफिक इन्टरनेसनल घोषित भए भने मिस एथलेटको उपाधि‍‍‍‍‍ मञ्जरी सिंहले हासिल गरेकी थिईन्  । नीतिले मिस फ्यासिनो र मिस कम्प्लेक्सनको टाइटल समेत पाइन्  भने सहाराले मिस इन्टेलेक्चुअल टाइटल समेत पाएकी थिईन् ।

प्रतियोगितामा मिस टयालेन्टको टाइटल नर्मता गुरुङले, मिस फ्रेन्डसिप रोजिना श्रेष्ठले, मिस बेस्ट हेयर वर्षा पोखरेलले, मिस फोटोजेनिक अनुषा लम्सालले र मिस ब्युटी विथ पर्पोसको टाइटल दृष्टि कटुवालले पाएकी थिईन् ।

 

   दीपशिखा शर्मा

[email protected]

प्रतिक्रिया दिनुहोस्