Logo

कतार एयरवेजको जुन १ तारिखदेखी बैंककमा डेली फ्लाईट हुने

दस्तावेज प्रतिनिधी,दोहा,  कतार एयरवेजले दोहादेखि बैंककका लागि जुन १ तारिखदेखि पाँचौं ननस्टप फ्लाईट संचालनमा ल्याउने भएको छ । फुकेटका लागि दैनिक फ्लाईट र पाँच महिना अगाडि संचालनमा  ल्याईएको काब्री अपरेशन ले कतार एयरवेजको थाईल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पुर्याएको छ । थाईल्याण्डमा सेवा विस्तारसँगै कतार एयरवेजले टुरिजम अथोरिटी थाईल्याण्डसँग आन्तरिक पर्यटन सेवा बिस्तारमा टेवा पुर्याउन  Memorandum of Understanding मा हस्ताक्षर समेत गरेको छ MOU मा कतार एयरवेजको Chief Commercial Officer एहब अमिनले  कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी महामहिम अकवर अलवाकर र टीटीए इन्टरनेशनल मार्केटिङका (युरोप,अफ्रीका र मिडल इस्ट अमेरिका )टानस पेस्टवानका गभर्नरको उपस्थितिमा गरेका थिए । हस्ताक्षर गर्न आयोजित समारोहमा टुरिजम अथोरिटी अफ थाईल्याण्डका गभर्नर युथासक सुपासोर्न्,टुरिजम अथोरिटी अफ थाईल्याण्ड,दुव ई र मिडल ईस्ट अफिसर चलेर्मसाक सुरानन्त लगायत संस्थाका अन्य उच्चपदस्थ अधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्