Logo

ईजरायलमा गौतम बुद्धको २५६१ औं जन्मजयन्ती मनाइँदै

सिन्धु पौडेल,दस्तावेज संवाददाता, ईजरायल,शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मजयन्ती ईजरायलमा धुमधामका साथ मनाईदैछ । विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१औं  जन्मजयन्ती आगामी मे १३ मा ईजरायलको तेल अबिबको लेवेन्स्की पार्कमा मनाउन लागिएको छ । मे १० मा बुद्ध पूर्णिमाको तिथि भए पनि बिदाको दिन मे १३ शनिबार मनाउन लागिएको हो । बढी भन्दा बढी मानिसको सहभागिता होस् भन्ने उद्देश्यले बिदाको दिन मनाउन लागिएको आयोजकले जानकारी दिएको छ नेपाल आदिबासी जनजाती महासंघ ईजरायलको आयोजनामा कार्यक्रम गर्न लागिएको छ । विश्व साहित्य महासंघ ईजरायल शाखा कमिटी सह–आयोजक रहेको कार्यक्रममा यहाँ स्थापित भएका अरु थुप्रै संघ–संथाहरुले सहयोग गर्ने भएका छन् । तेल अबिबको लेवेन्स्की पार्कमा भगवान बुद्धको २५६१औं जन्मजयन्ती मनाउने तयारी भईरहेको नेपाल आदिबासी जनजाति संघकी अध्यक्ष निर्मला गुरुङले जानकारी दिनुभएकोछ । यस कार्यक्रम बाट संकलन हुने रकम सामाजिक अभियन्ता डा. महाबीर पुनबाट नेपालमा निर्माणाधिन आविस्कार केन्द्रलाई हस्तान्तरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो । साथै ईजरायलमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई भगवान गौतम बुद्धको जन्मजयन्ति कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि मूल आयोजक संस्था नेपाल आदिबासी जनजाती महासंघ ईजरायलले आव्हाहन समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्