Logo

बैगुनीले बाटो तताएपछि

  २०७३ साल असोज १७ गते भोजराज भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी मिना न्यौपाने भट्टराई 

स्तावेज संवाददाता, जेष्ठ १७ गते – पाल्पा बगनासदेवी गाउँपालिका वडा नं.७ गोदीघर बस्ने भोजराज भट्टराई छाँगाबाट खसेजस्तै भए जब उनले भर्खरै विहे गरेर भित्रयाएकी आफ्नी श्रीमतीलाई केशवराज गैरे भन्ने व्यक्तिको अँगालोमा बाँधिएर फेसवूकका भित्ताहरुभरी रंगिन फोटोहरु पोष्ट गरेको देखे । एकछिनसम्म त उनलाई पत्याउन निकै गाह्रो भयो । थाहा थिएन यो सपना या विपना ? खुट्याउन आफूले आफूलाई बेस्सरी चिमोटे शायद यो बिपना नै थियो । एक डेढ बर्षको पवित्र प्रेमलाई जीवन्तता दिन उनले आफ्नी प्राणभन्दा प्यारी प्रेमिका मिना न्यौपानेलाई भगाएर ल्याएका थिए ।
         

                             केशवराज गैरेसँग हालसालै विवाह बन्धनमा बाँधिएकी मिना न्यौपाने भट्टराई 

छोराको चाहना र भविष्यप्रति भोजराजका बाबु आमा तगारो बन्न चाहेनन् । तसर्थ उनिहरुले मिनालाई सहर्ष स्विकार गरि ईज्यद आमदका साथ गत असोज १७ गते हिन्दु सामाजिक रिती रिवाज अनुसार वुहारीको रुपमा भित्रयाए । दिनहरु बित्दै गए । करिब ५ महिनाको प्रेमिल बसाईमा मिनासँग उनको कहिल्यै मनमुटाव नभएको भोजराज दावी गर्छन् । मिनाको सल्लाह लिएर नै गत ३ महिनादेखि कतारको नाग्मा भन्ने ठाउँमा उनि काम गर्दै आएका थिए । बेला बेलामा फोन सम्पर्क भइरहन्थ्योे । तर एकाएक मिना सम्पर्कविहिन हुन पुगिन् । केहि दिन अगाडि घरबाट माईत जान्छु भनेर हिंडेकी मिनाको अत्तोपत्तो थिएन । फोन सम्पर्क गर्न खोज्दा उनको फोन लागिरहेको थिएन । त्यसैले भोजराजले बाबुसँग बुझ्न खोज्दा कहिले कहाँ गएकी छ कहिले कहाँ गएकी छ भनेर ढाँटिरहन्थे ।
          आफ्नी छोरी मिनाले मध्यमबर्गिय परिवारमा जन्मेका भोजराजलाई अँगालेको उनको बाबु कृष्ण न्यौपानेलाई मन परेको थिएन । त्यसैले उनि एउटा न एउटा बाहाना बनाई ज्वाँई भोजराजलाई लगातार ब्ल्याकमेलिङ गरिरहन्थे । विवाह भएको केहि महिना नबित्दै मिनाका बाबुले भोजराजसँग तिनवटा शर्त राखेका थिए । टिका फुकाउन जाँदा आफ्नी छोरी गाउँमा खेतीपाती गरेर खान नसक्ने र उसलाई बुटवलमा लगेर सुखकासाथ राख्नुपर्ने उनको अडान थियो । घरमा बुढा बाबु आमाको बिचल्ली गराएर मिनालाई बुटवलमा लगेर राख्न भोजराजको धर्मले दिएन । त्यहिंमाथि भोजराज बेरोजगार थिए । आम्दानीको श्रोत थिएन । उनि आफ्नो खुट्टामा उभिन चाहन्थे । घर परिवार दाज्युभाई बुबा आमा र प्राणभन्दा प्यारी श्रीमती मिनासँग सल्लाह गरि आफ्नो प्रिय दाज्यु ध्रुव भट्टराईको सहयोगमा परदेश गएर धन कमाउने निधो गरे । कतारमा जान लाग्दापनि ससुरा कृष्ण न्यौपानेले निकै बिरोध गरेका थिए । दुई हजारको भिसामा कतार जानुभन्दा बरु छोरी ज्वाँई दुवै मिलेर भाषा सिकेर कुनै युरोपियन देशको लागि कोशिस गर्नेमा उनले दवाव दिंदै आएका थिए ।

       

 भोजराजले आफ्नो हैसियत अनुसार रोजगारको लागि हाल कतार नै ठिक भएको ठानेर कतार हान्निएका थिए । भोजराज कतार आएपछि मिनाका बाबु कृष्ण न्यौपानेसँगको सम्वन्धमा निकै दरार पैदा भएको थियो । उनि ज्वाँई भोजराजलाई आफ्नी छोरीलाई पाल्पाको बिकट गाउँमा नपठाउने र छोरिको अन्तै बिहे गरिदिने धम्की दिंदै आएका थिए ।
         

    २०७३ साल असोज १७ गते भोजराज भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी मिना न्यौपाने भट्टराई 

विवाह भएको ५ महिना सँगै बसेकी श्रीमती एकाएक बेपत्ता भएपछि भोजराजको हंसले ठाउँ छोड्न थाल्यो । उनि श्रीमतीको हराएको बियोगमा यत्रतत्र भौंतारिन थाले । घर परिवार ईष्टमित्र सबैतिर खोजतलास गर्दापनि उनको कहिं कतै अत्तोपत्तो लागेको थिएन । एकाएक केशवराज गैरे भन्ने ब्यक्तिको फेसबूकको वालमा मिना दुलही बनेर सिँगारिएको फोटो धमाधम पोष्ट भएको देख्दा उनि बिछिप्त हुनथाले । जुन उनको कल्पना भन्दा बाहिरको कुरा थियो । प्राणभन्दा प्यारी श्रीमतीको सुखद भविष्यको कल्पना गर्दै उनको रहर र चाहना पूरागर्न परदेशको ठाउँमा दशनंग्री खियाउन पुगेका भोजराजको सपना भताभुंग गर्दै बर्षदिनपनि नबित्दै मिनाले भोजराजसँग विहे गरेकोे फोटोहरु सार्वजनिक भएका छन् । भोजराजको आँखा छलेर उनि ८ महिनाभित्रै पुनः गाडी चालक केशवराज गैह्रेको अँगालोमा बाँधिन पुगेकी छिन् । एउटा जीवनसंगिनीले आफ्नो श्रीमानप्रति गरेको यो भन्दा ठूलो आत्मघात र धोका अरु के हुन सक्छ र ?
                  केशवराज गैरेसँग हालसालै विवाह बन्धनमा बाँधिएकी मिना न्यौपाने भट्टराई

   मिनाले किन भोजराजलाई छोडिन् ? उनिहरुबिच के खटपट भएको थियो ? कतै केशवराजसँग पूरानो प्रेम त थिएन ? ती कुराहरु खुलिसकेका छैनन् तथापि भोजराज आफ्नी श्रीमतीले दिएको धोकाबाट निकै दुःखी छन् । उनि भन्छन् । गरिबको बिचल्ली गराएर गई । बर्षदिनपनि बसिन । आफू त गई गई मलाई समेत ऋणमा चुर्लुम्म डुबाएर गई । यदि म सँग बस्नु नै थिएन भने किन झुटो नाटक गरेर विहे गर्नुपर्थ्यो र ? भै नभै विहे गरेर भित्रयाएँ । विहे गर्दा लागेको ऋण समेत तिर्न नसकेको उनको गुनासो छ । तसर्थ उनी आफ्नो तर्फबाट खर्च भएको रकम फिर्ता पाउन चाहन्छन् । विहे खर्च ५०००००/–(अन्दाजी पाँच लाखपचास हजार ),कतार आउँदा मिनालाई दिएको खर्च,५०,०००/– (पचास हजार) गरि जम्मा खर्च ६०००००/– फिर्ता पाउनुपर्ने उनको दावी रहेको छ । जसको लागि सम्वन्धित निकायमा पहल गर्ने उनले जीकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्