Logo

मिर्गौला बिग्रिने कारण, लक्षण र जोगिने उपाय

 

 

    

   कारण

– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाबसम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी ।

     लक्षणहरू

– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अंग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
– पिडौँलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने

 जोखिममा भएकाले के गर्ने ?

–नियमित स्वास्थ्य परीक्षण
–मधुमेह र उच्च रक्तचापको उपचारको अनुसरण
–    अत्यधिक तौल घटाउने
–    धूमपान बन्द गर्ने
–    अनावश्यक औषधि (दुखाई कम गर्ने र एन्टिबायोटिक प्रयोग नगर्ने)
–    अत्यधिक मदिरापान नगर्ने
–    नुनिलो र प्रोटिनयुक्त खाना कम खाने
–    दीर्घकालीन मिर्गाैला रोगको डायोलाइसिस गर्नुअघि उपचार

    खानामा नियन्त्रण

–    प्रोटिनयुक्त खाना नियन्त्रण गर्ने
–    रातो मासु नखाने
–    माछा वा कुखुरा दैनिक एक टुक्रा मात्रै खाने
–    दूध तथा दुग्ध पदार्थ कम खाने
–    हरियो सागसब्जीबाट पोटासियम हटाएर खाने
–    अत्यधिक पोटासियमयुक्त फल (अंगुर, केरा, सुन्तला र मौसम नखाने)

 

 

प्रतिक्रिया दिनुहोस्