Logo

पाइलटद्दय र एयर होस्टेस लुक्ला अस्पतालमा :दुर्घटनाग्रस्त विमानबाट तीनै जना जिवितै उद्दार

जेष्ठ १३,काठमाण्डौं,सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेका पाइलट पारसकुमार राई, कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जनलाई उपचारका लागि लुक्ला अस्पतालमा लगिएको छ।

     एयर होस्टेज महर्जनको दाया खुट्टामा चोट लागेको छ भने पाइलट राई र कोपाइलट मानन्धरको अवस्था गम्भीर छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उहाँहरुलाई काठमाडौं ल्याउन नसकिएपछि उपचारका लागि लुक्ला अस्पतालमा पुर्याइएको हो।

   विमानस्थलको मौसम प्रतिकुलताका कारण विमान अवतरण र प्रस्थान गर्न सक्ने अवस्था नहुँदा घाइतेलाई काठमाडौं ल्याउन नसकिएको ठाकुरले जानकारी दिनुभयो।उहाँले अन्नपूर्णसँग भन्नुभयो ‘भिजिविलिटी निल (विमान उडन र अवतरण गर्न नसक्ने अवस्था) छ।’ नाइ नए एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको विमान शनिबार दिउँसो २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्