Logo

गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटनाग्रस्त

जेष्ठ १३,काठमाण्डौं , गोमा एयरको कार्गो बिमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भएको छ । नाइन एन एकेवाइ कलसाइन नम्बरको बिमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

  उहाँका अनुसार बिमानमा रहेका परिचारिकालाई काठमाडौ ल्याउने तयारी भइरहेको छ । ‘बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो’ उहाँले भन्नुभयो ।नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पनि गोमा एयरको विमान लुक्लामा दुर्घटना भएको जानकारी दिनुभयो । 

कार्गो विमानमा पाइलट पारसकुमार राइ र को पाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन सवार थिए । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन् ।

प्रतिक्रिया दिनुहोस्