Logo

जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोरा नेपालमा

काठमाडौं,१२ जेठ । जापानको प्रख्यात चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा  आफ्नो शाखा  विस्तार गरेको छ । आफ्नो १४औं चेनका रुपमा उरुतोरा नेपाल आएको हो । उरुतोराले बालुवाटारको रसियाली राजदूतावास नजिकै झण्डै २ करोड रुपैयाँ लगानीमा  सुविधा सम्पन्न ‘उरुतोरा नेपाल’ नामक रेष्टुरेन्ट खोलेको छ ।

जापानमा रेष्टुरेण्ट ब्यबसायमा स्थापित लोकनाथ वस्ती र प्रकाश पौडेलको पहलमा जापानी लगानीकर्ता समेतको सहभागीतामा यो रेष्टुरेण्ट खुलेको हो । यो रेष्टुरेण्टको १ महिना अघि  जापानका पूर्व प्रधानमन्त्री युकेओ हातोयामा र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले उद्घाटन समेत गरेका थिए ।

रेष्टुरेन्ट  भी.आई.पी. क्षेत्र मानिने बालुवाटारको शान्त वातावरणमा अवस्थित छ । रेष्टुरेन्टका सबै परिकारहरु पूर्ण रुपमा हाइजेनिक रहेको दावी सञ्चालहरुको छ । मेनुमा झण्डै २ सय प्रकारमा स्वादिष्ट परिकारहरु समावेश छन् । जापानिज सेफ मासे सादाओ आफैं परिकारलाई उत्कृष्ट रुपमा पस्कन उरुतोरामा कार्यरत छन् । उनीसँग जापनिज रेष्टुरेन्टहरुमा काम गरेका अनुभवी कुक र हेल्परहरु पनि छन् । जापानमा बढी रुचाइने सुसी, सासेमी, चिकेन तेरियाकी, टेम्पुरा, खारा आगे लगायतका परिकार यहाँका बिशिष्ट परिकार हुन् ।

ग्राहकलाई स्वादिष्ट परिकारसँग जापानको सेवाको महसुस गराउन सजावटमा पनि विशेष ध्यान दिइएको सञ्चालक पौडेलले बताए ।  पोखरा, लुम्बिनी र चितवनमा लगानीका लागि तयारी तिब्र पारिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्