Logo

“खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ को पत्रकार सम्मेलन सम्पन्न”

              दीपशिखा शर्मा

जेष्ठ,११ काठमाण्डौं,नेपाली सिनेमाको बिकासमा एउटा नयाँ आयाम थप्ने उद्देश्यले नेपाल फिल्म सोसाईटी अफ नेपाल र   ग्लोवल नेपाली फिल्म अवार्ड कोलोराडो डेनभर ले अमेरिकाको कोलोराडो शहरमा आयोजना गर्न लागेको ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ’ दोस्रो संस्करणको पत्रकार सम्मेलन आज दिउँसो ३ बजे नेपाल चलचित्र बिकास संघको हलमा सम्पन्न गरेको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने मनसायका साथ सन् २०१६ बाट बिधिवत् रुपमा सञ्चालन गरिएको ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम २०१७ गत अगस्त महिनाको १९ तारिख शनिवारका दिन सोहि स्थानको होटल क्राउन प्लाजामा भव्यताकासाथ सम्पन्न गरिने कुरा यस कार्यक्रमका अध्यक्ष बरिष्ठ सिने नायक नवराज श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताउनुभएको थियो  । यसका साथै उहाँले उक्त अवार्ड कार्यक्रम अर्को पल्ट अस्ट्रेलियामा गर्न कुरा भइरहेको जानकारी गराउनुभएको थियो  । 

उक्त अवार्डको आयोजना फिल्म सोसाईटी,नेपाल तथा ग्लोवल नेपाली फिल्म अवार्डले गरेको छ । अघिल्लो बर्ष १२ वटा बिधामा मात्र अवार्ड तथा पुरस्कार प्रदान गरेको ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड’ कार्यक्रमले यस बर्ष कार्यक्रमलाई अझ परिष्कृत तथा प्रभावकारी बनाउन ८ वटा बिधा थपी नेपाली सिने जगतमा उल्लेखनिय योगदान पुर्याएका मेधावी कलाकारहरुको लोकप्रियताको आधारमा छनौट गरि २० वटा विधामा अवार्ड तथा पुरस्कार प्रदान गरिने जानकारी खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका  कार्यक्रम संयोजक श्री शैलेश पोखरेलले जानकारी दिनुभयो ।

यस बर्षको  अवार्ड छनौटमा भुटानी समुदायबाट १ जना कलाकार छनौट गरिनुका साथै मेहनती कलाकारहरुलाई उत्साहित गराउन बिशेष गरि ग्रामीण भेगका कलाकारहरुलाई प्राथमिकता दिईने कुरा पनि उहाँले बताउनुभयो । नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्लले ग्लोवल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिँदै तेस्रो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफूहरुको उद्धेश्य रहेको बताउनुभएको थियो ।

    उद्देश्य

१) नेपाली सिने बजारको पर्याप्त सम्भावना :

नेपाली चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने र सम्मानित गर्ने उद्धेश्यका साथ अगाडी बढेको दोस्रो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम २०१७ को आयोजना अमेरिकामा गर्नुको मुख्य उद्धेश्य नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्नु रहेको छ । जसमध्ये अमेरिका नेपालीहरुको पहिलो गन्तब्य हो ।

सपनाको शहर अमेरिकामा हजारौं नेपालीहरु छरिएर रहेका छन् । नेपाली चलचित्र प्रवासी नेपाली समुदायको लागि एक आवश्यकता बनिसकेको छ । अत्यधिक नेपालीहरुको बसोबास रहेको अमेरिकामा नेपाली चलचित्र बजार बनाउन सकिएको खण्डमा नेपाली चलचित्रले ठूलो बजार ओगट्ने कुरामा दुईमत छैन ।

२) पर्यटन क्षेत्रको बिकास :

संसारमा सिनेमा पर्यटन उध्योग निकै फस्टाएको सन्दर्भमा आफ्नो देशमा सिनेमा छायाङ्कनको लागि बिभिन्न देशले प्रवर्द्दनात्मक कार्यक्रमहरु ल्याएका छन् । त्यसै अनुरुप ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ’ले नेपालमा बिदेशी पर्यटक भित्र्याउनको लागि नेपाललाई एउटा सिनेमा सुटिङ गर्ने स्थलको रुपमा बिकास गर्ने लक्ष्य लिएको छ ।

डेनभर धेरै हलिवूड कलाकारहरु र नेपाली चलचित्र कलाकारहरुको बसोवासस्थल भएकोले यस कार्यक्रम मार्फत उनिहरुलाई नेपालको प्राकृतिक सौन्दर्यको बारेमा परिचय दिन यो कार्यक्रम सफल हुनेछ भन्ने बिश्वास ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ‘ ले लिएको छ ।

३)   नेपाली कलाकारहरुको पुनर्स्थापना :

 अवसरको खोजिमा बिगत लामो समयदेखि नै अधिकांश नेपाली कलाकारहरु अमेरिकामा बसोबास गर्दै आएका छन् । ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम २०१७’ ले ओझेलमा परेका क्षमतावान कलाकारहरुलाई बर्तमान नेपाली चलचित्रको बारेमा यथोचित जानकारी दिने र नेपाली चलचित्रमा पुनः प्रवेश गराउने उद्धेश्य राखेको छ । यसका लागि नेपाली डायस्पोरा सम्वन्धी केही अवार्डहरु राखिएको छ ।

          पत्रकार सम्मेलनमा बरिष्ठ कलाकार,पत्रकार,तथा अन्य बुद्धिजिवी बर्गहरुको बाक्लो उपस्थिति रहेको थियो । खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ का अध्यक्ष लाक्पा शेर्पा,म्यानेजिङ डाईरेक्टर फुर्वा शेर्पा,नेपाल आयोजक कमिटिका अध्यक्ष श्री कृष्ण मल्ल,सल्लाहकार श्री बसुन्धरा भुसाल, लगायत कलाकार,निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी,

नेपाल चलचित्र सङ्घ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी लगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु नै अत्यन्त महत्वपूर्ण रहेको र यसले नेपाली कला प्रवर्द्दनमा प्रत्यक्ष र फराकीलो टेवा पुग्ने बताउनुभयो  । 

अवार्ड प्रायोजक संस्था शेर्पा ब्रुअरीका अध्यक्ष लाक्पा शेर्पा पनि गत सालको सफल अवार्ड सम्पन्नताले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राख्नुभएको थियो । शेर्पा ब्रुअरीका म्यानेजिङ डाइरेक्टर फुर्वा शेर्पा, उध्योग मन्त्रीका प्रेस सल्लाकार प्रदिप चापागाँई , वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार पुरन जोशी, नेपाल फिल्म सोसाइटिका कोषाध्यक्ष नारायण प्रधान, जादुगर महादेब त्रिपाठी कार्यक्रममा उपस्थित कार्यक्रमको सन्चालन निर्देशक तथा साहित्यकार राजेन्द्र सलभले गर्नुभएको थियो ।

कार्यक्रमको प्रायोजक शेर्पा ब्रुअरी रहेको छ भने सहप्रायोजक सिटौला ब्रदर्स का साथै यति टेक्नोलोजी टेक्सास,प्लम्बिङ सेवा कोलोराडो र सगुन समुह रहेको छ । नेपालको तर्फबाट नेपाल चलचित्र बिकास बोर्ड एवं नेपाल पर्यटन बोर्ड रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्