Logo

ललितपुर महानगरपालिकामा कांग्रेसको जित, चिरिबाबु महर्जन बिजयी

स्तावेज संवाददाता,जेष्ठ,१०,२०७४ काठमाण्डौं,गएराति प्राप्त हुन गएको स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन बिजयी भएका छन् । निर्वाचनको परिणाम अनुसार श्री महर्जनले आफ्ना निकटतम प्रतिद्धन्दी हरिकृष्ण ब्यन्जनकारलाई ३२६ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याएर अग्रपंक्तिमा आए भने एमालेका हरिकृष्ण ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । यसैगरी साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत पाएर पछाडि परेका छन् । ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।                 उपमेयर पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवार गीता सत्याल बिजयी भएकी छन् । श्री सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् । उनले १९ हजार ८१९ मत ल्याएकी छिन् भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । यसका साथै एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्यले साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याएका छन् ।  श्री शाक्यले १० हजार ५ सय ४७ मत ल्याएर पछाडि परेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्