Logo

म्यानचेष्टरको आतंकवादी आक्रमणमा मारिनेको संख्या २२ पुग्यो

एजेन्सी,जेष्ठ ९, २०७४ – ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । ग्रेट म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले दिएको जानकारी अनुसार उक्त घटना म्यानचेष्टरमा अहिलेसम्म भएको सबैभन्दा भयानक हो।

म्यानचेस्टरमा सुरक्षाका लागि ४०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ। हपकिन्सले उक्त घटनालाई आतंकवादी हमला मानेर छानविन अघि बढाइएको जानकारी दिए। उनले एक जना व्यक्तिले सो हमला गराएको विश्वास प्रहरीको रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्