Logo

व्यवस्थापिकाको तेस्रो अधिवेशन शुरु

स्तावेज संवाददाता,काठमाण्डौं,जेष्ठ,८,२०७४,राज्यको मुख्य अंग  व्यवस्थापिका संसदको तेस्रो अधिवेशन आजबाट शुरु भएको छ । बैठकको शुरुमा नेपाली राजनीतिक ईतिहासमा विगतदेखि बर्तमानसम्मको आन्दोलन तथा संघर्षमा ज्यानको आहुती दिएर सहिद हन भएका ज्ञात अज्ञात सहिदहरुप्रति दुई मिनेट मौन धारण गरिएको थियो । 

           यसका साथै सभामुख ओनसरी घर्ती मगरले महामहिम राष्ट्रपति बिध्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाउनु भएको थियो । उक्त बैठकमा आर्थिक बर्ष २०७४ /२०७५ को आय /व्ययको सैद्धान्तिक छलफलका लागि कार्यसूची तयार भएको जानकारी पनि गराईएको थियो । सो छलफल आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता बिषयमा केन्द्रित हुने भएको छ ।

           संसदको अर्को बैठक मंगलबार बिहान ११.०० बजे तय गरिएको छ । यसका साथै आर्थिक बर्षको नीति तथा कार्यक्रम यही जेष्ठ ११ गते सार्वजनिक गर्ने र राष्ट्रपति बिध्या भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम संसद सामु प्रस्तुत गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्