Logo

खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ नजिंकिंदै

             ” नेपाली चलचित्र गाउँदेखि विश्वसम्म भन्ने मुल नाराकासाथ अगाडि बढेको यस फिल्म अवार्ड  समारोहले पश्चिमी मुलुकको तुलनामा पछाडि पर्दै गएको नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यसको समुचित प्रचार प्रसार गरि भावी दिनहरुमा विश्वभरनै यसको रुपले आयोजना गरिने कुरा यस संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभएको छ ।   “

                  – दीपशिखा शर्मा 

स्तावेज संवाददाता,कोलोराडो अमेरिका,जेष्ठ ६, २०७४ –  कोलोराडो, अमेरिका,फिल्म सोसाईटी अफ अमेरिका कोलोराडो शाखाले अमेरिकाको कोलोराडो शहरमा नेपाली सिने रंगमञ्चममा   उल्लेखनिय योगदान पुर्याएका कलाकार तथा पत्रकारहरुलाई “खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७” ले सम्मानित गर्ने भएको छ ।

हरेक बर्ष हुने यस बिशेष समारोहमा बरिष्ठ कलाकार तथा बिशिष्ट श्रेणीका पत्रकारहरुको सहभागिता रहने आयोजकहरुले बताएका छन् । नेपाली रंगमञ्चमा बिशेष योगदान गरेका पुराना कलाकारहरुलाई सम्मान गर्ने तथा नयाँ कलाकारहरुलाई उत्साहित गर्ने उद्देश्यबाट  सन् २०१६ बाट बिधिवत् शुरु भएको अवार्ड समारोहको उल्लेखनिय सफलताको कारण विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुले समेत आगामी कार्यक्रमलाई विशेष चासोको साथ हेरिरहेका छन् ।  

खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ को बारेमा छिट्टै नै प्रेस बिज्ञप्ती जारी गरिने खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष तथा बरिष्ठ सिने नायक श्री नवराज श्रेष्ठले बताउनभएको छ । नेपाली चलचित्र गाउँदेखि विश्वसम्म भन्ने मुल नाराकासाथ अगाडि बढेको यस फिल्म अवार्ड  समारोहले पश्चिमी मुलुकको तुलनामा पछाडि पर्दै गएको नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यसको समुचित प्रचार प्रसार गरि भावी दिनहरुमा विश्वभरनै यसको भब्य रुपले आयोजना गरिने कुरा यस संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभएको छ ।  

नेपाल फिल्म सोसाईटिले पहिलो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड समारोह गत बर्षको नोभेम्वर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो । उक्त समारोहको दोस्रो संस्करणको अवार्ड कार्यक्रम सोही स्थानको होटेल क्राउन प्लाजामा अगष्ट महिनाको १९ तारिख शनिबारका दिन सु-सम्पन्न गरिने भएको छ । नेपाल फिल्म सोसाईटी र ग्लोवल नेपाली फिल्म अवार्ड कमिटीको संयुक्त आयोजनामा सम्पन्न हुने यसपालिको अवार्ड समारोह पनि भव्यताकासाथ सम्पन्न गरिने बताईएको छ   ।      उक्त अवार्ड समारोहको कार्यक्रम संयोजकका संचारकर्मी शैलेश पोखरेल रहनुभएको छ भने आयोजक समितिका अध्यक्ष नवराज श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रमको मुल आयोजकमा खुम्बु कोल्स्च तथा सह प्रायोजकमा शेर्पा ब्रुअरी तथा सिटौला ब्रदर्स रहेको कुरापनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

उक्त अवार्ड कार्यक्रमका नेपालको तर्फबाट नेपाली फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल तथा निर्माता तथा नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटीमा रहनुभएको छ । नेपाली कला  संस्कृति र  कलाकारहरुको जगेर्ना गर्ने उद्धेश्यले स्थापना गरिएको खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डले आगामी दिनहरुमा  विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुको हक हितमा उल्लेखनिय योगदान गर्न सकोस्, दस्तावेज टिमको तर्फबाट अग्रिम शुभकामना । 

प्रतिक्रिया दिनुहोस्