Logo

अन्तर्राष्ट्रिय अदालतले कुलभूषण यादवको मृत्युदण्डमा रोक लगायो

जेन्सी,नेदरल्याण्ड ,जेष्ठ ५, २०७४- हेगको अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण यादवको मृत्युदण्ड दिने सजायलाई विहीवार रोक लगाएको छ । अदालतले उनको मुद्धाको अन्तिम किनारा नभएसम्म मृत्युदण्डको सजायँ नगर्न भनेको छ । 

             बीबीसीका अनुसार अदालतको यो निर्णय आएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीट  गर्दै अन्तर्राष्ट्रिय अदालतको फैसलाले कुलभूषणका परिवार र पुरै भारतको लागि राहतको खबर भएको बताएकी छन् । जासुसीको आरोपमा पाकिस्तानको अदालतले यादवलाई मृत्युदण्ड दिने सजाए सुनाएको थियो । भारतीय नौसेनाका पूर्व अधिकारी यादव करीव एक वर्षदेखि पाकिस्तानी जेलमा बन्दी छन् ।

              पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नफीस जकारियाले भारत कुलभूषण यादवको मुद्धालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर आफ्नो सक्कली अनुहार देखाएको आरोप लगाएको छ । उनले पाकिस्तानले यादव विरुद्ध बलिया प्रमाणहरू अन्तर्राष्ट्रिय अदालतमा पेश गर्ने बताएका छन् । भारतले उनको मृत्युदण्डलाई टार्न अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएको थियो । रोयटर्सका अनुसार उनी मार्च २०१६ मा पाकिस्तानको बलुचिस्थानबाट गिरफ्तार गरिएका थिए । 

प्रतिक्रिया दिनुहोस्