Logo

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, तत्काल संविधान संशोधन नहुने

दस्तावेज संवाददाता,जेष्ठ ४, २०७४ – काठमाडौं सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो।

              संसद  अधिवेशन अन्त्य भएसँगै सरकारले संसदमा पेश गरेको संविधान संशोधन र महाअभियोग प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ। मधेस केन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ। तर, संसद अधिवेशन आजदेखि अन्त्य भएसँगै संसदमा विचाराधीन महाभियोग प्रस्ताव र संशोधन प्रस्ताव अर्को अधिवेशन सुरु नभएसम्मका लागि यथास्थितिमै रहने निश्चित भएको छ।

              यसअघि न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्