Logo

प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार भवानीप्रसाद बराल नियुक्त

जेष्ठ ४, २०७४- सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो । बरालले धरानमा बसेर पत्रकारिता गर्दै आएका थिए । सरकारले हिँउदे अधिवेसन अन्त्य गर्दै जेठ ८ गतेबाट बजेट अधिवेसन शुरु गर्ने निर्णय गरेको छ । 

     ‘चुरेको माटो चुरेलाई, स्वच्छ पानी सबैलाई’ नारा दिइएको २० वर्षे चुरे संरक्षण सम्वन्धि गुरुयोजना योजनासमेत मन्त्रीपरिषदले स्वीकृत गरेको छ । गुरुयोजनामा पहिलो चरणको ५ वर्षको कार्यक्रमका लागि ८१ अर्ब ६१ करोड, दोस्रो चरणको ५ वर्षको कार्यक्रमलाई ६७ अर्ब, तेस्रो चरणको ५ वर्षका लागि ५१ अर्ब ९५ करोड, चौथो चरणको ५ वर्षका लागि ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । सरकारले चुरेका लागि वार्षिक एक अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्