Logo

प्रसिद्द चरित्र अभिनेत्री रीमा लागूको आकस्मिक निधन

 एजेन्सी मुम्वई भारत, जेष्ठ , ४ २०७४ – वलिउडका कैयौं फिल्महरुमा  आमाको भुमिका निभाउँदै आएकी चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ। भारतीय मिडियाले बताए अनुसार उनको हर्ट अट्याकका कारण मृत्यु भएको हो । 

उनलाई मुटुमा दुखाई भए पश्चात कोकिलाबेन हस्पिटलमा भर्ना गरिएको थियो। हस्पीटलमै बुधवार राती बुधबार राती ३.१५ मा उनले अन्तिम सास लिएकी छिन्। मिडियाका अनुसार आज दिउसो २ बजे  ओशिवरामा उनको अंतिम संस्कार गरिनेछ।           रीमा लागूले धेरै फिल्ममा सलमान खानको आमाको भूमिका निर्वाह गर्दै आईरहेकी थिईन् । मैने  प्यार किया,हम आपके है कौन ,हम साथ साथ है,  जस्ता कैयौं सलमान स्टार फिल्महरुमा उनले एक संस्कारी आमाको भुमिका निर्वाह गर्दै आएकी थिईन् ।            यसको अलावा उनले आशिकी,साजन,वास्तव,कुछ -कुछ होता है जस्ता ठूला फिल्महरुमा काम गरेर निकै प्रसिद्धी कमाएकी थिईन् । उनको अभिनयको सर्वत्र प्रशंसा गरिएको थियो ।   उनले हिन्दी लगायत मराठी फिल्ममा  एवं टि.भी. सिरियलहरुमा पनि काम गरेकी थिइन् ।   दस्तावेज परिवार सुप्रसिद्द चरित्र अभिनेत्री रीमा लागूको मृत आत्माको चिर शान्तिको कामना गर्दछ ।      

        प्रस्तुती दीपशिखा शर्मा    

प्रतिक्रिया दिनुहोस्