Logo

मानव स्वास्थ्य : मोटा मानिसहरुमा मुटु रोग सम्बन्धी खतरा

जेन्सी,जेठ,३,२०७४,काठमाण्डौं – मोटा मानिसहरु पनि चिकित्साको दृष्टिमा स्वस्थ्य हुन्छन् भन्ने तथ्य साँचो नभएको पोर्चुगलमा आयोजित एउटा कार्यक्रममा विशेषज्ञहरुले बताएका छन्।ब्रिटेनका जीपी डाक्टरहरुबाट लिइएको ३५ लाख मानिसहरुको तथ्यांकका आधारमा गरिएको अध्ययन प्रतिवेदनले त्यस्तो देखाएको हो।अनुसन्धान प्रतिवेदन भन्छ,अत्यधिक मोटो मानिसहरुमा यदि मुटु रोग सम्बन्धी कुनै संकेत छैन, मधुमेह छैन या उच्च कोलेस्टेरल छैन भनेपनि पछिसम्म उनीहरु सुरक्षित हुन्छन् भन्ने होइन।यो अध्ययन प्रतिवेदनको निष्कर्ष अघिल्ला प्रतिवेदनसँग बाझिएको बताइएको छ।

सारांश

युरोपियन कंग्रेस अन ओबेसीटीको सम्मेलनमा उक्त अध्ययनको सारांशमाथि छलफल भएको थियो।’मोटो भएपनि स्वस्थ्य’ भनेको मोटा मानिसहरुको रक्तचाप र रगतमा चिनीको मात्रा सीमाभित्र भएमा बढ्ता तौल समस्याकारी नहुने भनिन्थ्यो ।त्यो भनाइको सत्यता जाँच्न पछिल्लो अध्ययनमा बर्मिङ्घम विश्वबिध्यालयका अनुसन्धानकर्ताहरुले सन १९९५ देखि २०१५ सम्मका लाखौं ब्रिटिश विरामीहरुको तथ्यांक प्रयोग गरेका थिए।उनीहरुले अध्ययन गर्दा त्यस्ता मानिसहरुलाई खोजेका थिए जो मोटा भएर पनि मुटु रोग, उच्च रक्तचाप या उच्च कोलेस्टेरल या मधुमेह थिएन।

उच्च खतरा

अध्ययन गर्दै जाँदा ठीक्कको तौल हुनेमा भन्दा मोटा तर स्वस्थ्य ती मानिसहरुमा मुटु रोग, मस्तिष्कघात या मुटु फेल हुने रोग लाग्ने खतरा उच्च देखियो।द ब्रिटिश हार्ट फाउन्डेशनका डाक्टर माइक न्यापटनले भने, यो प्रकारको अनुसन्धानले पुराना भनाइलाई बल दिँदैनन्।उनले भने- यस्ता अध्ययन प्रतिवेदनहरु गम्भीर रुपमा लिनुपर्छ र म स्वास्थ्यकर्मीहरुलाई त्यसै गर्न आग्रह गर्छु।मोटो हुँदा रक्तचाप र कोलेस्टेरोल बढ्ने हुनाले उनीहरुमा हृदयाघातको संभावना बढेको ठान्थ्यौं तर यो नयाँ अध्ययनले उनीहरु स्वस्थ्य देखिए पनि मोटा मानिसहरुमा हृदयाघात या मस्तिष्कघातको खतरा हुन्छ भन्ने देखाएको छ।तर यो अध्ययन बैज्ञानिक जर्नलहरुमा छापिएको छैन र त्यसको अरु प्राज्ञहरुबाट बैज्ञानिक रुपमा सही छ कि छैन जाँच भएको पनि छैन।त्यसैले यसको निष्कर्ष कत्तिको सही छ या मोटा मानिसहरुको स्वास्थ्य खराब हुने खतरा कति होला भन्ने निश्चित गर्न बैज्ञानिकहरुलाई कठीन छ । ब्रिटिश हार्ट फाउन्डेशनले चुरोट नखाने, सन्तुलित खाना खाने, नियमित रुपमा व्यायाम गर्ने र मध्यपान कम गर्ने हो भने सबै मानिसहरु स्वस्थ्य रहन सक्छन् भनेको छ।

सबै सहमत छन् त ?

यस अघिका अरु अध्ययनहरुले यदि बंशाणुगत रुपमै मोटो भएको हो भने मोटो भएर पनि स्वस्थ्य रहन सकिन्छ भनेका थिए ।उदाहरणका लागि सन २०१२ मा युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा अध्ययनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग छैनन् भने मोटो भए पनि स्वस्थ्य रहन सकिन्छ भनेको थियो।अरु अध्ययनले शरिरको बीचतिर मात्र जम्मा हुने मोटोपन हानीकारक हुने तर सारा शरिर मोटो भएमा त्यो त्यति हानीकारक नहुने बताएका छन् । विशेषज्ञहरु भन्छन्, तौल जतिसुकै भएपनि ऐनामा हेर्दा राम्रो भन्दापनि व्यायाम र स्वस्थ्यकर खानाले मानिसको स्वास्थ्य राम्रो बनाउँछ।

  एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्