Logo

अफगानिस्तानी टेलिभिजन स्टेशनमा बन्दुकधारीबाट आक्रमण

स्तावेज संवाददाता,जेठ,३,२०७४,अफगानिस्तानको जलालाबाद शहरस्थित सरकारी टेलिभिजन स्टेशनको कार्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन्।लडाइँ जारी छ र भिषण गोली हानाहानको आवाज अझै सुन्न सकिन्छ।प्रान्तीय गभर्नरका अनुसार तीनजना आक्रमणकारी टेलिभिजन स्टेशनको कार्यालयमा प्रवेश गरेका थिए।उनीहरुमध्ये दुईजनाले आत्मघाती विस्फोट गराएका थिए।                                

           सुरक्षाकर्मीले भवनलाई कब्जामा लिएपछि बाँकी एकजनाले लडाइँ गरिरहेका छन्।स्टेशनका प्रमुखसहित १२ जना कर्मचारीलाई भवनबाट उद्धार गरिएको छ।आक्रमणमा कोही मारिएको वा हताहत भएको खबर प्राप्त भएको छैन । तर केही कर्मचारीहरु भवनभित्रै थुनिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्