Logo

उत्तर कोरियासंग अब युद्ध नै विकल्प ?

स्तावेज संवाददाता,जेठ,३,२०७४ ,सियोल,कोरिया- दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग सैनिक युद्द हुने प्रबल सम्भावना रहेको बताएका छन्।सोलस्थित रक्षा मन्त्रालयको बुधबार भ्रमण क्रममा प्योङयाङलाई कडा सन्देश दिँदै राष्ट्रपति मून जेइनले कुनै पनि सैन्य उक्साहटको प्रतिकार गरिने चेतावनी दिए।आफ्ना पूर्ववर्तीभन्दा उत्तर कोरियाप्रति नरम दृष्टिकोण राख्ने मूनले गत साता राष्ट्रपति पद सम्हालेका थिए।उत्तर कोरियाले फेरि पनि ब्यालेस्टिक मिसाइल परीक्षण गरेसंगै अब भने युद्ध नै विकल्प हो कि भन्ने मनस्थितिमा अमेरिका पनि पुगेको छ । संयुक्त राष्ट्रसंघले समेत निरन्तर चेतावनी दिंदा समेत उत्तर कोरियाले अटेर गरि  पटक पटक मिसाईल परिक्षण गर्दै  आएको छ ।

              उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले झण्डै सात सय किलोमिटर परसम्म पुर्याउन मिल्ने मिसाइल परीक्षण गरिएको एजेन्सीहरुले बताएका छन । उत्तर कोरियाको निरन्तर परीक्षणले दक्षिण कोरियालाई चिन्ता परेको छ । उत्तर कोरियासंग वार्ताका लागि दक्षिण कोरिया र अमेरिका पनि तयार हुँदै गर्दा उत्तर कोरियाले भने चुनौती दिंदै आएको छ । 

सैन्य प्रतिरक्षा गर्ने रणनीति

सो धारणाको अहिले उनले खण्डन गर्ने प्रयास गरिरहेका छन्।मूनको सरकारले दुई नीति अख्तियार गरिरहेको देखिन्छः उत्तर कोरियासँगको सैन्य प्रतिरक्षा गर्ने नीति यथावत नै रहेकोमा जोड दिने र अमेरिकासँगको सैन्य गठबन्धन कायम राख्दै प्योङयाङसँग सम्पर्क पुनः स्थापित गर्ने चाहेको भन्ने।झण्डै एक वर्षअघि दुई देशबीच सम्पर्कविच्छेद भएको थियो।प्योङयाङसँगको गतिरोध अन्त्यको उपाय खोज्ने प्रयासस्वरुप राष्ट्रपति मूनले अमेरिका, जापान, चीन र रुसमा दूत पठाएका छन्।

पूर्वशर्तको उल्लंघन 

यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले उत्तर कोरियाली नेता किम जङ-अनले पारमाणविक विकासका कार्यक्रम स्थगित नगरेसम्म प्योङयाङसँग वार्ता हुन नसक्ने बताएकी थिइन्।वार्ताका लागि उक्त पूर्वशर्त उत्तर कोरियाले स्वीकार्ने देखिँदैन।उत्तर कोरियाले यो वर्ष लगालग क्षेप्यास्त्र परीक्षण गर्न थालेपछि कोरियाली प्रायद्वीपमा तनाव चुलिएको छ।अरु मुलुकले साथ नदिए पनि उत्तर कोरियाली खतरासँग एक्लै जुध्ने अमेरिकाले बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्