Logo

काठमाडौंमा महानगर मेयरको ९५ मत बदर

जेष्ठ २, २०७४- काठमाडौं महानगरपालिकामा आठ सय ६४ मत गणना गर्दा मेयर पदको ९५ मत बदर भएको छ । कांग्रेसका उम्मेदवार राजुराज जोशी अझै तेस्रो स्थानमा छन् । यो दिउँसो ११.५५ सम्मको तथ्यांक हो । 

एमालेका उम्मेदवार बिध्या सुन्दर शाक्यले २ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा साझाका किशोर थापाले १ सय ६९ र विवेकशिलका १ सय २० मत प्राप्त गरेका छन् । माओबादी  १४, नयाँ शक्तिका उम्मेदवारले २२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन् । हरिप्रभा जोशी खड्गीले २ सय १५, राप्रपाका राजाराम श्रेष्ठले १ सय ७१, साझाका निरुपमा यादवले १ सय २३ मत प्राप्त गरेका छन् । आठ सय ६४ मत गणना गर्दा १ सय ७९ मत बदर भएको छ । 

प्रतिक्रिया दिनुहोस्