Logo

नयाँदिल्लीमा बालिकाको गर्भपतनबारे छलफल

स्तावेज संवाददाता,जेठ,१,२०७४,नयाँदिल्ली,भारतमा बलात्कारपीडित एक १० वर्षीया बालिकालाई गर्भपतन गर्न दिन हुन्छ वा हुँदैन भन्ने निर्णय गर्न चिकित्सकहरुको एउटा समूहले बृहत छलफल गर्दैछन उत्तरी शहर रोहतकको प्रहरीले  बताए अनुसार ती बालिकालाई उनका सौतेनी बाबुले पटक पटक बलात्कार गर्ने गरेको र उनको पेटमा ५ महिनाको बच्चा हुर्किरहेको डक्टरहरुले बताएका छन । घटनाको उचित छानविनपछी ती बालिकाको सौतेनी बाबुलाई प्रहरीले   गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको छ। भारतको कानुन अनुसार गर्भ रहेको २० हप्ताभन्दा बढी समय नाघिसकेको अवस्थामा गर्भपतन गराउन, गर्भवती महिलाको स्वास्थ्यमा कुनै खतरा छैन भनी चिकित्सकले प्रमाणित गर्नुपर्छ।

गर्भपतन सम्वन्धी अवस्था 

भारतको लैङ्गिक असमानताको अवस्था विरुद्धको संघर्षका रुपमा गर्भपतन सम्वन्धी त्यस्तो कडा कानुन लागू गरिएको थियो। छोरा नै चाहिने भनी समाजमा गहिरो रुपमा गडेर रहेको धारणाका कारण गर्भमा नै लिङ्ग पहिचान गरी महिला भ्रूणहत्या गर्ने गरेको घटना भारतमा लाखौंमा छ। हालैका महिनाहरुमा भारतको सर्वोच्च अदालतमा बलात्कारको शिकार भएका महिलाहरुको तर्फबाट समेत गरी २० हप्ताभन्दा बढीको गर्भ तुहाउन पाउनुपर्ने आग्रह सहितका केही फिरादपत्रहरु भारतिय उच्च अदालतमा दर्ता भएका छन्।

अदालती निर्देशन

सो अदालतले यस्ता निवेदनहरुलाई सधैँ नै चिकित्सकहरुको रायका लागि पठाउने गरेको छ। हरियाणा राज्यको रोहतक नगरमा भएको पछिल्लो घटनामा भारतको पोष्टग्र्याज्युएट इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजका चिकित्सकहरु ती पीडित बालिकालाई गर्भपतन गर्न दिनुपर्छ भन्ने उनको परिवारजनको आग्रहबारे निर्णय गर्न परामर्श बैठक गर्दैछन् । ती बालिकाको आमाले आफ्नी छोरी गर्भवती भएको आशंकामा चिकित्सकलाई देखाउन लैजाँदा गत हप्ता मात्र यो घटना सार्वजनिक भएको थियो।ती बालिकाले आफू घरमा एक्लै रहेका बेला सौतेनी बाबुले बारम्बार बलात्कार गर्ने गरेको र त्यसबारे कसैलाई नभन्न धम्काउने गरेको खवर खुलेको छ ।  

प्रतिक्रिया दिनुहोस्