Logo

खानीखोला १ मा माओवादी केन्द्र अध्यक्षमा विजयी

जेष्ठ १, २०७४- खानीखोला गाउँपालिकाको १ नं वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर लामा थि विजयी भएका छन् । निर्विरोध भएको दलित महिला सदस्य बाहेकका पदमा पनि नेकपा (माओवादी केन्द्र) का सदस्यहरु विजयी भएका छन् । 

                  महिला सदस्यमा छलिमाया गोले र सदस्यहरुमा सुकुमान ब्लोन र फत्ते बहादुर थोकर हुन् । दलित महिला सदस्यमा भने नेकपा एमालेकी ठूलीमाया विक निर्विरोध भएकी थिइन् । अहिलेसम्मको मतगणनामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्रबादुर थिङले ३६५, नेकपा एमालेका कृष्णबहादुर खुलालले २३४ र नेपाली कांग्रेसका गोपाल दर्लामीले ९१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्