Logo

काठमाडौं र पोखरा महानगरपालिकाको मतगणना सुरु

जेष्ठ १, २०७४, काठमाडौं र पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नं १ बाट मत गणना सुरु गरिएको छ ।यसैबीच भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । सोमबार बिहानदेखि पत्रकारले मतपेटिकाको फोटो खिचेको भन्दै उनले मतपेटिका रहेको कोठाबाट बाहिर निकालेका थिए । पत्रकारले यसको विरोधस्वरुप मतपेटिका भएको कोठामा नै धर्ना दिएका थिए । अधिकृत न्यौपानेले मतपेटिकाको फोटो खिच्ने सबैलाई कोठा बाहिर निकालेका थिए । 

प्रतिक्रिया दिनुहोस्