Logo

स्थानिय निर्वाचन : मनाङमा एमालेका घले विजयी

जेष्ठ १, २०७४, स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् । मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् । उपाध्यक्षमा कांग्रेसका मुनिन्दजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् । कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्