Logo

निर्वाचन विवरण :ललितपुरको ठुलादुर्लुङको वडामा एमाले विजयी

जेष्ठ १, २०७४- ललितपुरको महांकाल गाउँपालिका –६ मा एमाले उम्मेदवारहरु विजयी भएका छन् । हाल महांकाल गाउँपालिकामा पर्ने पुरानो ठुलादुर्लुङ क्षेत्रको वडाध्यक्षमा एमालेका बालु कुमारी तिमिल्सिना ३ सय ४५ मत सहित विजयी भएका हुन् । त्यसैगरी अरु ३ जना जना वडा सदस्यमा पनि एमाले उम्मेदवारहरु विजयी भएका छन् ।

महांकाल गाउँपालिकाको प्रमुखमा वडा नम्बर ६ को मतगणना सकिदा कांग्रेसका बागी उमेद्वारले सबैभन्दा बढी मत ल्याएका छन् ।
उनले ३१७ मत ल्याउदा एमाले उम्मेदवारले २५५, कांग्रेसका उम्मेदवारले १५५ र माओवादी केन्द्रका उम्मेदवारले १३२ मत ल्याएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्