Logo

दोस्रो चरणको निर्वाचनमा जुटन कार्यवाहक राष्ट्रपतिको अपिल

काठमाडौ, वैसाख ३१,२०७४ ,कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन पासाङले सरकार,राजनीतिक दललाई आपसी संवाद,सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गरी दोस्रो चरणको निर्वाचनमा जुटन अपिल गर्नु भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई संविधान कार्यान्वयनको ऐतिहासिक सफलताको संज्ञा दिदै उहाँले दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गर्नु भएको छ ।

             ‘स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा जसरी सम्पन्न भयो, त्यसैगरी दोस्रो चरणको निर्वाचन पनि साँच्चीकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास लिएको छु । सरकार, राजनीतिक दललहरु आपसी संवाद, सहमति र सहकार्यको माध्यामबाट समस्याहरु समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा विश्वस्तता व्यक्त गर्दछु’ स्थानीय तहको निर्वाचनपछि उहाँले जारी गर्नु भएको धन्यवाद सन्देशमा भनिएको छ ‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’

                  नेपाली जनताको लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्कीलो स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्यतम सहभागीता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नु भएको छ‘आजको ऐतिहासिक दिन हामी नेपालीहरुका लागि ज्यादै गौरवपूर्ण दिन हो । स्थानीय तह देशको समृद्धि र सुदृढ् लोकन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ् गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्ने छ ।’
सिंहदबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पु¥याउन आफ्नो शासन आफै गर्ने स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्नेसम्पूर्ण मतदाताहरुलाई उहाँले बधाई तथा धन्यवाद दिनु भएको छ । ‘निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चाकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछु’ सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्