Logo

करिष्मा मानन्धरका लागि मतदानका दिन श्रीमान् बने तानाशाह!

काठमाडौं ,वैसाख ३१,२०७४  नायिका एवम् नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले मतदानका दिन आफ्नो पति तानाशाह भएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ।आफूले मतदान गर्न नपाएपछि करिष्माले पति मालिक बन्ने ‘तानाशाही’ भएको आरोप लगाउनु भएको हो। उहाँले आफूले मतदान दिन नपाउनुको कारण पति विनोद मानन्धर भएको खुलासा गर्दै उहाँलाई तानाशाहको संज्ञा दिनुभएको हो। काठमाडौंको नागरिक करिष्माको विवाहपछि सप्तरीबाट नागरिकता बनाइएको थियो। उहाँका श्रीमाले सप्तरीबाट बसाइँ सराइका क्रममा छोरी र आफ्नो मतदाता पचिय काठमाडौंबाट बनाइदिनु भएको तर आफ्नो नबनाइदिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो।
               करिष्माले सामाजिक सञ्जाल फेसबुक मार्फत् पतिसँगको आक्रोश सार्वजनिक गर्नु भएको हो। ‘सायद यो लेख्नु हुँदैन थियो…तर हद भयो सहने हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहे’, करिष्माले आक्रोश व्यक्त गर्दै लेख्नु भएको छ, ‘ यसै पनि विनोदजी असाध्यै राम्रो मान्छे भन्ने इमेज छ। तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन। विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहनाहरु हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन। सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिँदैन।’
                  करिष्माले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश अरु कसैको नाममा नभएर आफ्नै पतिका नाममा व्यक्त गर्नु भएको हो। श्रीमानका कारण आफूले मतदाता परिचयपत्र नपाएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो। तिमीले हाम्रा लागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नु पर्ने ? करिष्माले आफ्ना पतिलाई प्रश्न गर्दै भन्नु भएको छ। श्रीमानसँग आक्रोश व्यक्त गर्नुको कारण भने मतदाता परिचयपत्र नै हो। ‘म काठमाडौंको नागरिकता भएको मान्छे उहाँसँग विवाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो। म चुप लागेँ। सायद श्रीमानको मा राख्नुपर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो मतदाता परिचयपत्र बनाइदिनु भएन। हामी लाजिम्पाट बस्छौँ आफ्नो र छोरीको बसाईं सराई गरेर उहाँले मतदाता कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनु भएन, मैले उहहाँलाई सोधे तर वास्त गर्नु भएन’, करिष्माले आक्रोश व्यक्त गर्दै भन्नुभएको छ, ‘म आफै गएर तीन घन्टा लाइन बसेर रजिस्ट्रर गरेँ। बसाई सराइको कागज पनि थिएन त्यसैले सप्तरीको लिस्टमा पुगेछ।’

                     अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्