सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु
दस्तावेज संवाददाता,वैसाख ३१,२०७४,दोलखा, दोलखामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो । दोलखाको मेलुङ गाउँ पालिकाको पवटीस्थित सत्यश्वर माध्यामिक बिध्यालय मतदान केन्द्रमा उक्त घटना घटेको थियो । कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्कीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । स्थानिय वासिन्दाका अनुसार मारिने डम्बरबहादुर भूजेल हुन् । घटनामा अन्य केही व्यक्तिहरु पनि घाइते भएका छन् ।
दोलखाका क्षेत्र नं १ का विभिन्न केन्द्रहरु बिहानैदेखि तनावग्रस्त छन् । अन्य कैयौं घाइते भएको बताइएको छ। विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटना भएको केन्द्र र तामाकोशी गाउँपालिकाको शहरेस्थित जनजागृति माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ।