Logo

दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर

वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए ।

                 फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ ।एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गए रातिको झगडाले मतदान सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्