Logo

काभ्रेको नमोबुद्धमा गोली लागेर एकको मृत्यु

काठमाडौँ ,दस्तावेज संवाददाता, दिपेन्द्र ढकाल वैशाख ३१, २०७४,काभ्रेको नमोबुद्धमा २ जनाको अज्ञात समूहले शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ता नवराज पाठकको गोली हानी हत्या गरेको खबर प्राप्त भएको छ । स्थानीय प्रत्यक्षदर्शी अर्जुंन मोक्तानका अनुसार सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएकाले गोलीबाट मृत्यु भएको दावी गरेपनि यकिन हुन नसकेको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईले जानकारी दिए । स्थानीयका अनुसार, दिउँसो सशस्त्रसँग स्थानीयको चर्को विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दावी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए। 

                   घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको कुरा नमोबुद्धका स्थानीयबासी श्री मोक्तानले हामीलाई जानकारी दिएका छन् । यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले  प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् । पाठकको गोली हानी हत्या गरिएको २ मिनेटमानै प्रहरीको २ वटा भ्यान आएर  उनको शब धुलिखेल ल्याएर घटनालाइ गुपचुप गर्न खोजिएको भनिएको छ ।
 
 
प्रतिक्रिया दिनुहोस्