Logo

विश्व साईवर आक्रमणको चपेटामा : ९९ देशमा भैसक्यो आक्रमण

संसारभर दर्जनौं मुलुकका कयौं संघसंस्थामाथि श्रृखंलावद्ध साइबर आक्रमण भएका छन्।अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरु विरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर आक्रमण भएको बताइएको छ।दर्जनौं मुलुकका कयौं कम्पनी तथा संघसंस्थाका कम्युटरहरुले भाइरसका कारण काम गर्न छाडेका छन्। ह्याकरहरुले कम्युटरलाई पुन: काम गर्ने बनाउन तीन सय डलर मागेका छन्।

कमजोरी

माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञहरुले बताएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीहरुविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो।गत एप्रिलमा ‘द स्याडो ब्रोकर्स’ भन्ने समूहले उक्त कार्यक्रम चोरेका थिए।पछि त्यो विकिलिक्स मार्फत चुहाइएको थियो।गत मार्चमा आफ्नो प्रणालीमा रहेको कमजोरी माइक्रोसफ्टले सच्याएको थियो तर अझै कतिपय प्रणाली नबदलिएको हुनसक्छ।भाइरसले ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको विवरणहरु आएका छन्। संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली र ताइवान सहितका मुलुकहरु त्यस्तो सूचीमा छन् ।

प्रभाव

साइबर सुरक्षा कम्पनी एभास्टले ‘वानाक्राइ’ वा अन्य नामका ‘र्यान्समवेयर’का ७५ हजारवटा घटनाहरु देखिएको जनाएको छ।’र्यान्समवेयर’ पीडितको उपकरणमा थाहा नपाइ ‘इन्स्टल’ हुन्छ र विवरणहरु संकलन गर्छ अनि निश्चित रकम नदिइञ्जेलसम्म विवरणहरु चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ।ब्रिटेनस्थित अस्पतालहरु नराम्ररी प्रभावित भएका छन्।स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्नी फेडेक्स पनि प्रभावित छन्।रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्युटर भाइरसको पछिल्लो समस्यासँग जुझ्न कदमहरु चाल्न लागेको जनाएको छ।

           

प्रतिक्रिया दिनुहोस्