Logo

ट्रम्पबाट एफबीआई निर्देशक बर्खास्त

वाशिङटन डीसी, वैशाख २८, २०७४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक जेम्स बी कोमेलाई बर्खास्त गरेका छन् । कानुन मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सिफारिसमा कोमेलाई बर्खास्त गरिएको हो । 

       पूर्व विदेशमन्त्री एवं राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको इमेलबारेको अनुसन्धान गलत तरिकाले गरेको र त्यसो गर्दा एफबीआई तथा कानुन मन्त्रालयको विश्वसनीयतामाथि आँच पुर्‍याएको आरोप कोमेमाथि लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्